खोटाङः दिक्तेल रुपाकोट मझुवागढी–६ बस्ने २९ वर्षीय पातल सिंह राईलाई अरिङ्गालले टोक्दा उनको मृत्यु भएको छ ।

शनिबार जंगलमा घाँस काट्न गएका सिंहलाई घाँस काटिरहेको अवस्थामा एक्कासी अरिङ्गालले शरिरका विभिन्न भागमा टोक्दा उनी बेहोस भएका थिए ।

अरिङ्गालले टोकेर बेहोस भएका उनको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २५ आइतबार, १६:०१