संखुवासभा: अरुण तेस्रो परियोजनाको बाँध निर्माणस्थलमा पहिरो खस्दा ५ जना बेपत्ता भएका छन्।

जलविद्युत परियोजनाको बाँध निर्माण स्थलमा सुरुङ निर्माणको क्रममा उत्तरतर्फको पहाड खस्दा पुरिएर शुक्रबार राति करिब ८:४० बजे पहिरो खसेर ५ जना बेपत्ता भएको संखुवासभा प्रहरीले जानकारी गराएको छ ।

बेपत्ता हुनेमा कालिकोटका ३२ वर्षिय प्रदीप शाही, भारत झारखण्डका अपरेटर ५५ वर्षिय बुधन मुण्डा, जुम्ला चन्द्र नगरपालीका १ का ४४ वर्षिय प्रेम परियार र भारत विहारका इलेक्ट्रिसियन ४५ वर्षिय नन्द किशोर रहेका छन् भने एकजनाको परिचय खुल्न सकेको छैन ।

सरुङमा कति कामदार थिए अझै यकिन हुन सकेको छैन।


। अहिले उद्धारकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।