काठमाडौंः अर्घाखाँचीको शितगंगा नगरपालिकामा क्वारेन्टाइन रहेका एक पुरुषले आत्महत्या गरेका छन् ।

शितगंगा नगरपालिका–५ स्थित हरि मा.वि.को क्वारेन्टाइनमा रहेका सोहि वडाका ४३ वर्षीय पुरुषले आज बिहानपख झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

विद्यालयको एउटा कोठामा सँगै बसेका दुईजना साथीहरु निदाएपछि उनले रातिमा विद्यालय नजिकैको एक रुखमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

उनको २४ गते गरिएको आरडीटी परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । पीसीआर परीक्षणका लागि २५ गते उनको स्वाबको नमुना लिएर प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको थियो ।


उनी जेठ १० गते भारतको पञ्जाबबाट आएर क्वारेन्टिन बस्दै आएका थिए ।


प्रकाशित मितिः बुधबार, असार ३, २०७७, ११:५०