अर्घाखाँचीः प्रहरीले अर्घाखाँचीमा गोरु काटेको अभियोगमा एक जनालाई शुक्रबार साँझ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाणिनी गाउँपालिका–५ नयाँगाउँ बस्ने ५२ वर्षीय बाबुराम सार्की रहेका छन् ।

आफ्नै घरमा पालेको गोरु काटी आधा भाग घरमा सुकाएको र आधा भाग घर नजिकै खाडल खनी पुरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले सार्कीलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस ४ गते शनिबार, १८:४३