काठमाडौंः गायक अर्जुन पन्त र गायिका जमुना पौडेलको आवाजमा रहेको ‘जुन ताराले’ गीतको भिडियो न्यु अन्जना डिजिटल मार्फत सार्वजनिक भएको छ ।

मौलिक लोक लय साथै प्रेमी प्रेमीका बीचको प्रेमको भावलाई गीतमा समेटिएको छ ।

अर्जुन पन्त र जमुना पौडेलको शब्द सिर्जना तथा अर्जुन पन्तको लय सिर्जना गीतमा रहेको छ । आफ्नी मायालुलाई फकाउनको लागी गायक पन्त निकै खपिस गीतमा देखिएका छन ।

दिपक गिरीको छायांकन, निशान एस के को सम्पादन तथा निर्देशन भिडियोमा छ । भिडियोमा जय राज घिमिरे र सुशिला बास्तोला साथै साथीहरुको अभिनय तथा नृत्य रहेकोे छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल पुस १२ गते आइतबार, १७:१३