काठमाडौंः गायक अर्जुन पन्त र गायिका सम्झना भण्डारीको आवाजमा रहेको ”परदेशीको अधेरो संसार ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

गीतमा अर्जुन पन्तको शब्द तथा उमा खड्का र अर्जुन पन्तको लय सिर्जना रहेको छ । यस्तै गीतमा राम थापामगरको एरेन्ज रहेको छ ।

भिडियोमा शुशिल डाँगीको छायांकन, निशान एस केको सम्पादन तथा निर्देशन रहेको छ । भिडियोमा अर्जुन, अनिसा, कविता, श्रेया र दिपकको अभिनय रहेको छ ।

परिवारको सुखको लागि परदेशमा धन कमाउने सपना बोकेर विदेशी भुमिमा पसिना बगाउने श्रीमान र स्वदेशमा आफ्ना बालबच्चाको स्याहार सुसारमा तल्लिन नेपाली नारीको भोगाईलाई गीतमा समेटिएको छ ।


भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः शुक्रबार, फागुन २, ११:३५