काठमाडौंः गायक अर्जुन सापकोटा र गायिका मेलिना राईको स्वरमा रहेको लोकदोहोरी गीत ‘नगर पिर माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
बिमल अधिकारीको रचना र अर्जुन सापकोटाकै संगीत रहेको गीतमा कृष्ण बिक भान्जा को संगीत संयोजन रहेको छ ।
चर्चित मोडेल अन्जली अधिकारी र बिमल अधिकारीको आकर्षक नृत्य रहेको गीतको भिडियोलाई भावना म्युजिक सोलुसनको युट्युब च्यानलबाट रिलिज गरिएको छ ।
गीतको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन् भने दिपक विष्टले सम्पादन र बुद्ध थापाले छायांकन गरेका छन् ।
भिडियो हेर्नुहोस्ः
प्रकाशित मितिः २०७७ साल पुस ४ गते शनिबार, ०८:३७
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook