काठमाडौंः अर्थमन्त्रालयसँगको वार्ता निष्कर्षविहिन भएपछि लगानीकर्ताले मंगलबारबाट आन्दोलन कडा बनाएका छन्। लगानीकर्ताले बिहानैदेखि नेपाल स्टक एक्सचेन्ज र धितोपत्र बोर्ड घेराउ गरेका छन् भने शेयरबजार समेत ठप्प पारेका छन् ।

विभिन्न लगानीकर्ता संघले विज्ञप्ति जारी गर्दै मंगलबार शेयर कारोबार नगरी आन्दोलनलाई सहयोग गरिदिन सबै लगानीकर्ता र ब्रोकर कम्पनीहरुलाई आग्रह समेत आग्रह गरेका छन्।

हकप्रद र बोनस सेयरको आधार मूल्यमै लाभकर लिने सरकारी निर्णयको विरोधमा लगानीकर्ताहरुले मंगलबार सेयर कारोबार ठप्प पारेका हुन्।

नेपाल स्टक एक्सचेञ्ज र ब्रोकरहरुले कारोबार गर्नका लागि कार्यालय खुल्ला गरेपनि लगानीकर्ताले किनबेचको अर्डर नदिँदा कारोबार ठप्प भएको हो।