चितवनः बिहान ५ बजेदेखि बन्द नारायणगढ-मुग्लिन सडकखण्ड सुचारु भएको छ । बिहान खसेको पहिरो हटाइएपछि यातायात सुचारु भएको हो ।

अहिले पहिरो हटेपछि अहिले दुई तर्फी नै गाडी गुड्न थालेको बताइएको छ । बिहान ५ बजेतिर खसेको पहिरो केही समयअघि हटाइएको प्रहरीले जनाएको छ ।

बिहान कालीखोला नजिकै रहेको टोपे खोलामा ढुङ्गा सहितको पहिरो खसेको थियो ।