बाराः बाराको फेटा गाउँपालिका–६ स्थित ईनर्वाही टोल स्थित सडकमा प्रहरीले अवैध गाई बेबारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।

आज बिहान प्रहरी चौकी मटिअर्वा र अस्थायी प्रहरी पोष्ट जोतपुर बाराबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ लैजान लागेको गाई ३६ वटा र गाईको बाच्छा ४ वटा बेबारीसे अवस्थामा फेला पारेको हो ।

अवैध गाई–बाच्छालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी मूल भन्सार कार्यालय वीरगञ्ज पर्साबाट खटि आएका प्रतिनिधिको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रकाशित मितिः आइतबार, मंसिर १, १२:४१