बाराः पचरौता नगरपालिका–७ बेनौलीबाट अवैध रुपमा चन्दा संकलन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–१ लक्ष्मनवा बैरियाका ४२ वर्षीय मोहन प्रसाद यादव रहेको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ यादवले चन्दा संकलन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट करिब २ लाख रुपैयाँ बराबरको नगदी रसिद समेत बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 


प्रकाशित मितिः शुक्रबार, कार्तिक २९, ११:५६