बाराः निजगढ नगरपालिका–१२ लालटोलस्थित करिब ३ बिगाहा जग्गामा अवैध रुपमा लगाएको गाँजा खेती मंगलबार बिहान प्रहरीले नष्ट गरेको छ ।

उक्त वडाको विभिन्न स्थानमा मकै खेतीभित्र अवैध गाँजा खेती गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरीले सो अवैध गाँजा खेती फडानी गरी नष्ट गरेको हो ।

साथै बाँकी रहेको गाँजा खेती नष्ट गरिने अभियान समेत रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १७ बुधबार, १५:५२