सुर्खेतः अवैध रुपमा लैजाँदै गरेको २ केजी ९ सय २० ग्राम यार्सागुम्बा सहित एक जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जुम्ला कनकासुन्दरी गाउँपालिका–४ लेकपर बस्ने ४१ वर्षीय पुर्ण बहादुर बुढा रहेका छन् ।

विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले बीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमलस्थित ना ६ ख ८२४४ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा बसमा आएका पुर्ण बहादुरको झोलामा उक्त यार्सागुम्बा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रकाशित मितिः २०७७ साल मंसिर १२ शुक्रबार, १५:५९