झापाः अवैध रुपमा लैजाँदै गरेको काठ सहित झापामा एक जना पक्राउ परेका छन् ।

भद्रपुर नगरपालिका–२ बस्ने मे १ त २७०४ नम्बरको ट्रयाक्टर चालक २२ वर्षीय प्रकाश बिकलाई अवैध रुपमा लैजाँदै गरेको सिसउ जातको ४७.४४ क्यु फिट काठ सहित आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका–३ ज्ञानेचोकमा उक्त ट्याक्टरमा लोड गरी लैजाँदै गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उक्त काठ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

काठ र ट्याक्टर सहित चालकलाई कानुनी कारबाहीको लागि जिल्ला वन कार्यालय भद्रपुर झापामा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



प्रकाशित मितिः आइतबार, जेठ ३२, २०७७, २१:२९