कपिलवस्तुः कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१ स्थित शिवपुरबाट एपीएफ टोलीले अवैध रुपमा ओसारपसार गर्दै गरेको खसी बोका बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सोमबार एपीएफ टोलीले खसी बोका बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्वर ३९ गुल्म कपिलवस्तुबाट सशस्त्र प्रहरी निरीक्षक संगित भट्टको कमाण्डमा खटिएको एपीएफ टोलीले करिब १० लाख १८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको चौपाया बरामद गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।

एपीएफ टोलीले बरामद गरेको खसी बोका स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।



प्रकाशित मितिः मंगलबार, चैत ४, ०६:३०