सप्तरीः अवैध रुपमा ल्याउँदै गरेको युरिया मलसहित एक जना पक्राउ परेका छन् ।

रुपनी गाउँपालिका–१ राजबिराज रुपनी सडकबाट प्रदेश २–०१–००१ ह ०२५४ नम्बरको अटो रिक्सामा अवैध रुपमा लोड गरी ल्याउँदै गरेको करिब ११ हजार रुपैयाँ बराबरको युरिया मल सहित अटो चालक राजगढ गाउँपालिका–६ बस्ने ३१ वर्षीय धर्मदेव मिश्रलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रुपनीबाट खटिएको प्रहरीले उक्त अटो सहित उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः शुक्रबार, असार २६, २०७७, १७:०६