सिराहाः सिराहा नगरपालिका–१६ स्थितबाट अवैध रुपमा ल्याएको २ हजार दरको ३ थान र ५ सय दरको ४ सय ८८ थान नोट गरी जम्मा २ लाख ५० हजार भारतीय रुपैयाँ सहित एक भारतीयलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत सहरसा ग्राम किसनपुर पञ्चायत–२ बस्ने ६० वर्षीय चतुरी यादव रहेका छन् ।

बीआर ०६ एएन ०३५७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको डिकीमा लुकाई राखेको उक्त भारतीय रुपैयाँ फेला पारी उनीलाई पक्राउ गरेको हो ।

यादवलाई बरामद भारतीय रुपैयाँ सहित आवश्यक कारवाहीको लागी भन्सार कार्यालय माडर सिरहामा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।



प्रकाशित मितिः २०७७ साल फागुन १७ गते सोमबार, १८:१५