मोरङः विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याएको १ सय ८ थान छालाको वेल्टसहित सोही ठाउँ बस्ने ३७ वर्षीया अरबिना खातुनलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा नेपालतर्फ अवैध रुपमा सामानहरु ल्याउँदै गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ७ आइतबार, १८:४७