रुकुम (पश्चिम): सानो भेरी गाउँपालिका–३ गरेलाबाट करिब २ केजी ७ सय ग्राम अवैध लागूऔषध अफिम सहित एक जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही गाउँपालिका–६ कोट बस्ने ५३ वर्षीय गोरख कुसारी रहेका छन् ।

बिशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी सिम्लीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ३० गते मंगलबार, २०:०४