सर्लाहीः लालबन्दी नगरपालिका-१ स्थित सडकबाट अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हरिवन नगरपालिका–३ बस्ने २६ वर्षीय किरण लामा रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले हरिवनबाट नवलपुरतर्फ जाँदै गरेको ना ६२ प ९७५९ नम्बरको मोटरसाइकल जाँच गर्दा चालक लामालाई सोमबार साँझ लागूऔषध गाँजा करिब ५ केजी सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः मंगलबार, असार ९, २०७७, १७:१४