बाराः निजगढ नगरपालिका–१३ भक्तलाल खोलाको बगरबाट १ थान एकनाले भरुवा बन्दुक र १ सय २ केजी अबैध लागूऔषध गाँजा सहित मकवानपुरको हेटौडा उपमहानगरपालिका–६ बस्ने ४७ वर्षीय इमान सिंह तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय निजगढ र अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले गस्ती गर्ने क्रममा उक्त गाँजा ओसार पसार खरिद बिक्री गरी रहेका ८/१० जना तस्करको समूहले प्रहरीलाई देख्नासाथ गोली फायर गरेपछि प्रहरीले समेत जवाफी फायर गरी तस्करमध्येका तामाङलाई पक्राउ गरेको हो ।

तामाङ माथि हातहतियार, खरखजना र लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।



प्रकाशित मितिः २०७७ साल पुस २६ गते आइतबार, १६:५३