कास्कीः रुपा गाउँपालिका–७ बाट अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्राम सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लमजुङको बेशीशहर नगरपालिका–३ गाउँशहर बस्ने १९ वर्षीय रोशन दुलाल रहेको प्रहरीले जनाएको छ ।

आज बिहान इलाका प्रहरी कार्यालय हंशपुरबाट खटिएको प्रहरीले लमजुङबाट पोखरातर्फ जाँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः मंगलबार, वैशाख १६, १६:०१