मकवानपुरः हेटौंडा उपमहानगरपालिका–१६ चिसापानी चोकबाट अवैध लागूऔषध गाँजा ७ केजी सहित ३ जना परेका छन् ।

पक्रउ पर्नेमा सोही उपमहानगरपालिका–१५ बस्ने ५८ वर्षीय राम बहादुर भोलन समेत ३ जना रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः शुक्रबार, असार २६, २०७७, १७:११