सर्लाहीः इश्वरपुर नगरपालिका–१३ रेलवे फाँटस्थित सडकबाट करिब १० किलो अवैध लागूऔषध गाँजा सहित श्रीमान श्रीमतीलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोहत्तरीको गौशाला नगरपालिका–३ बस्ने ५० वर्षीय नवल किशोर साह र उनकी श्रीमती ४० वर्षीया उर्मीला देबी साह रहेका छन् ।

बिशेष सूचनाको आधारमा प्रहरी चौकी गौरिशंकरबाट खटिएको प्रहरीले ज ११ प ७९७१ नम्बरको मोटरसाइकलमा फुलजोरबाट मोहत्तरीतर्फ जाँदै गरेका उनीहरुलाई जाँच गर्ने क्रममा मोटरसाइकलको बीचमा लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रकाशित मितिः २०७७ साल पुस २९ गते बुधबार, २१:२०