बाजुराः खप्तड छेडेदह गाउँपालिका–२ माटेसाघु बस्ने ७१ वर्षीय सेते कटुवाललाई करिब ८ सय ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ र लिची नामक ३ पेटी अवैध मदिरा सहित आज दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कटुवालको सोही ठाउँस्थित किराना पसलमा प्रहरी चौकी काँडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त अवैध सामान सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस १२ गते आइतबार, २१:१९