पर्साः वीरगञ्ज महानगरपालिका–१६ मितेरीपुल नजिकैबाट ४ किलो ८ सय ९० ग्राम अवैध लागूऔषध चरेश सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही महानगरपालिका–३ छप्कैया बस्ने २८ वर्षीय अभिषेक श्रीवास्तव र सोही महानगरपालिका–५ बस्ने २३ वर्षीय धिरज पटेल रहेका छन् ।

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले भारततर्फ जाँदै गरेका उनीहरुलाई जाँच गर्दा उनीहरुको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर २ मंगलबार, १७:५५