धादिङः गजुरी गाउँपालिका–६ आदमघाटस्थित सडकबाट करिब २ केजि ८ सय ग्राम अवैध लागूऔषध चरेश सहित प्रहरीले एक जनालाई बुधबार साँझ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही गाउँपालिका–७ तल्लो पेटारे बस्ने २५ वर्षीय सोमलाल तामाङ रहेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले तामाङलाई जाँच गर्दा उनले बोकेको झोलामा उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १३ बिहीबार, १८:३४