बर्दियाः गुलरिया नगरपालिका–६ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगरसहित ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कैलाली टिकापुर नगरपालिका–१ घर भएका २८ वर्षीय राजन रावल, कैलाली लम्की चुवा नगरपालिका–५ घर भएका २९ वर्षीय रोशन कडायत, दैलेख दुल्लु नगरपालिका–७ घर भएका २७ वर्षीय आकाश शाह र कैलाली टिकापुर नगरपालिका–९ घर भएका ३३ वर्षीय रमेश न्यौपाने रहेका छन् ।

उनीहरुले बा १२ च ६२९९ नम्बरको गाडीमा लागूऔषध ब्राउनसगुरको कारोबार तथा ओसार पसार गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उक्त गाडी नियन्त्रणमा लिई खानतलासी गर्दा गाडीको स्टेरिङभित्र कालो रङको प्लाष्टिकमा पोको पारी लुकाई राखिएको अवस्थामा ४६ ग्राम ४ सय ३० मिलिग्राम ब्राउनसगुर फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः बिहीबार, वैशाख १८, २१:२३