बाँकेः नेपालगञ्ज उपमहानगरपालिका–१६ वडा कार्यालय नजिक चोकबाट करिब १४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही उपमहानगरपालिका–१६ जयसपुर बस्ने २१ वर्षीया निसा खानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

सिमा प्रहरी चौकी जयसपुरबाट खटिएको प्रहरीले भारतबाट लुकाई छिपाई ल्याउँदै गरेको उक्त ब्राउनसुगर सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २ आइतबार, २०:१०