कपिलवस्तुः कृष्णनगर नगरपालिका–८ लोहरौला चोकबाट करिब १ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित एक जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शिवराज नगरपालिका–१० लालपुर बस्ने ३६ वर्षीय हरि नारयण गुप्ता रहेका छन् ।

कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेका गुप्तालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र इलाका प्रहरी कार्यालय बहादुरगञ्जबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन ६ गते बिहीबार, १६:४९