काठमाडौंः दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलस्थित खहरे चोकबाट अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहट चन्द्रनिगाहपुर नगरपालिका(४ गैडा बस्ने २७ वर्षीय नर बहादुर गोले रहेको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा कोभिड–१९ समन्वय डेस्कमा खटिएको प्रहरीले काठमाडौंबाट रौतहटतर्फ जाँदै गरेको प्रदेश ३–००२–१२ प ७४७९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक गोलेलाई ब्राउनसुगर जस्तो देखिने बस्तु करिब ४ ग्राम, नियन्त्रित लागूऔषध नाइट्राभेट ट्याबलेट ७ पिस र नगद १ लाख २२ हजार ९ सय ९० रुपैयाँ सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः शुक्रबार, वैशाख १९, १६:२४