काभ्रेः पनौती नगरपालिका–६ पनौती बजारबाट अवैध लागूऔषधसहित एक युवती पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा रौतहट गुजरा नगरपालिका–२ महिरा घर भई हाल पनौती बजारमा डेरा गरी बस्ने ३२ वर्षीया शुभद्रा तिमिल्सिना रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा लुकाइछिपाई राखेको नियन्त्रित लागूऔषध नाइट्रोभेट २ सय ७९ ट्याब्लेट सहित उनलाई शनिबार बेलुका पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।


प्रकाशित मितिः आइतबार, फागुन १८, ११:३६