कञ्चनपुरः भिमदत्त नगरपालिका–१८ स्थित ५ नम्बर गल्लीबाट १४ ग्राम ४ सय २० मिलीग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित एक जनालाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने बैतडी दशरथ चन्द नगरपालिका–४ घर भएका २५ वर्षीय नरेश दमाई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले नरेशलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, कञ्चनपुर बेदकोट नगरपालिका–७ लालपुरस्थित सडकबाट ३ ग्राम २ सय ४० मिलीग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित २ जनालाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा सोही नगरपालिका–९ बस्ने ३० वर्षीय भीम बहादुर बिष्ट र २७ वर्षीय हिक्मत देउवा रहेका छन् ।

म १ ह १२४३ नम्बरको अटोलाई क्षेत्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा अटोमा आएका उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस २९ गते बुधबार, २०:०७