कञ्चनपुरः पुनर्वास नगरपालिका–६ बिद्यानगरबाट करिब १ ग्राम ८ सय ७० मिलीग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१ बस्ने २४ वर्षीय लोकेन्द्र कठायत र सोही ठाउँ बस्ने २२ वर्षीय बिशाल थापा रहेका छन् ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले से ५ प ३९०१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक लोकेन्द्र र मोटरसाइकलमा आएका बिशालको साथमा उक्त पदार्थ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रकाशित मितिः २०७७ साल पुस १९ गते आइतबार, २०:४८