झापाः मेची नगरपालिका–८ मेची क्राउन होटल पछाडी सडकबाट करिब ५ ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २४ वर्षीय सुरज पौडेल र अर्जुनधारा नगरपालिका–८ बस्ने २१ वर्षीय अंकित शर्मा रहेका छन् ।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले को ३८ प ७१४९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस १५ गते बुधबार, १९:३५