काठमाडौंः भक्तपुर सूर्यविनायक नगरपालिका–६ बस्ने काभ्रे भुम्लु गाउँपालिका–३ स्थायी ठेगाना भएका २८ वर्षीय सुजन बुढाथोकीलाई १३ ग्राम ४५ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन, नियन्त्रित लागूऔषध २१ ट्याब्लेट नाईट्राजेपाम, १ थान डिजिटल तराजु र नगद ५६ हजार रुपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कागेश्वरी मनहरा नगरपालिका–९ खहरेचोकबाट लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई बा ९० प ८७५४ नम्बरको स्कुटर, ५ ग्राम अवैध लागूऔषध खैरो हेरोइन र नगद ५ हजार सहित फेला पारी पक्राउ गरे पश्चात अनुसन्धानको क्रममा उनको कोठाबाट थप ८ ग्राम ४५ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन, नियन्त्रित लागूऔषध नाईट्राजेपाम, डिजिटल तराजु र नगद ५१ हजार रुपैयाँ प्रहरीले बरामद गरेको हो ।


सुजन माथि लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ९ मंगलबार, १९:१२