काठमाडौंः प्रहरीले अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ८ जनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई बारा, मोरङ, रुकुम पश्चिम र मकवानपुरका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट करिब १० किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–२ कुडेली बस्ने १९ वर्षीय मुकेश चेपाङ र सोही गाउँपालिका–१ बस्ने २५ वर्षीय राजकुमार गोले रहेका छन् ।
बा ३३ प ५६२५ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा आएका उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ चकरीबाट करिब ४ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने २९ वर्षीय राजेश प्रसाद यादव लगायत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ना ५ प ५७४ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले जाँच गर्दा मोटरसाइकलमा आएका उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै, रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–६ परिवनबाट करिब २ केजी अवैध लागूऔषध चरेश सहित २ जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५० वर्षीया जसी राना र ५० वर्षीया मिना कुमारी शाही रहेका छन् ।
अस्थाई प्रहरी पोष्ट मग्माबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी, मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियाबाट नियन्त्रित लागूऔषध एकसय एमएलको १ बोतल स्काफ प्रोसिभन, ११ ट्याब्लेट नाईट्राभेट, ४२ ट्याब्लेट ओपिडोल र १ थान मोबाईल सहित पथरी शनिश्चरे नगरपालिका–४ बस्ने २२ वर्षीय बिक्रम पासवाललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी डाईनियाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७७ साल पुस ५ गते आइतबार, १५:२७
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook