काठमाडौंः प्रहरीले अवैध लागूऔषध सहित सुर्खेत र सप्तरीबाट चार जनालाई पक्राउ गरेको छ ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ पशु स्याहार केन्द्र नजिकबाट २ ग्राम ६ सय ५० मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २० वर्षीय जिवन घर्तिमगर लगायत ३ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी गुर्मीबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ बैरियाघाटबाट नियन्त्रित लागूऔषध ८ एम्पुल डाईजेपाम ईन्जेक्सन, ८ एम्पुल लिजेसिक र ५ एम्पुल फेनारगन सहित उदयपुर चौदन्डी नगरपालिका–३ बस्ने २८ वर्षीय राम राईलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


प्रहरी चौकी रामपुरमल्हनियाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस २० गते सोमबार, २०:३२