काठमाडौंः झापा अर्जुनधारा नगरपालिका ८ बस्ने २७ वर्षीय दिनेश गिरीलाई विभिन्न १४ देशका अवैध मुद्रा सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका २ स्थित नागढुङ्गा चेक पोष्टमा प्रहरीले जाँच गर्ने क्रममा काकरभिट्टाबाट काठमाडौं आउँदै गरेको बसबाट पक्राउ परेका हुन् ।

ना.५.ख ७९३७ नम्बरको यात्रुबहाक बसमा सवार गिरीको झोलाबाट अमेरिकी डलर ३ हजार ८ सय ९, कतारी रियाल ३ हजार ५ सय ४५ , जापानिज यान ४ लाख ९३ हजार, कोरियन वन ३ लाख १० हजार, साउदी रियाल ६ हजार ५ सय ३५, मलेसियन रिंगिट १ हजार ८ सय ६५, कुवेती दिनार २ सय ४७, ओमान रियाल ६५, बहराइन दिनार २०, हङकङ डलर २ सय ५०, पाउण्ड स्टर्लिङ १०, थाई भाट ४०, युरो १ सय १० र युएई दिर्हाम ६ हजार ६ सय ८० रूपैयाँ फेला पारी पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।