काठमाडौं: काठमाडौंको महानगरीय प्रहरी परिसरले काठमाण्डौंको विभिन्न स्थानबाट अवैध मुद्रा सहित एक महिला र एक पुरुषलाई पक्राउ गरेको छ काठमान्डौको सिनामंगल गोल्डेनगेट अगाडी सार्वजनिक स्थानमा अवैध रुपमा विभिन्न देशका मुद्राहरु सतही गरेको गोप्य जानकारी पाए पछि महानगरीय प्रहरी बृत्त गौशालाबाट खटिएको प्रहरी टोलिले  एक महिलालाई पक्राउ । मोरङ जिल्ला घर भएकी हाल तिलगंगामा बसोबास गर्ने ५२ वर्षीय कि मैयाँ निरौलालाई प्रहरीले पक्राउ गरेको हो । निरौलाबाट प्रहरीले  मलेशियन रिंगिट ३००।-, कतारी रियाल १६३।-, यु.ए.ई.दिराम ६९०।-, साउदी रियाल ३००।- र भारतिय रुपैया रु.१०,०००।


। फेला पारे पछि पक्राउ गरेको हो।

यस्तै जयबागेश्वरीबाट अवैध भारतीय रुपैयाँ सहित एक व्यक्तिलाई पक्राउ गरेको छ । भारतको विहार घर भएको हाल गौरीघाट बस्ने बर्ष ३४ को राम सागर भगतलाई अवैध भारतीय रुपिया सहित प्रहरीले पक्राउ गरेको छ । भगतबाट प्रहरीले अबैध भारतीय नगद रु.७,००,०००।-(सात लाख) रुपैया सहित नियन्त्रणमा लिएको हो ।