काठमाडौंः कलंकी चोकमा निर्माणाधीन अन्डरपास अन्तिम चरणमा पुगेको छ ।
चक्रपथ परिक्रमा अन्तर्गत कलंकी–कोटेश्वर सडक विस्तार कार्य पनि छिट्टै सम्पन्न हुँदै छ ।
सरकारले चीन सरकारसँग समन्वय गरेर कलंकी क्षेत्रमा जाम कम गर्ने उदेश्यले डेढ बर्ष अघि पहिलोपटक अण्डरपास सडक योजना अघि सारेको हो ।
काठमाडौं चक्रपथ सडक सुधार योजना प्रमुख प्रकाश भण्डारी अन्डर पास सडक निर्माण अन्तिम चरणमा पुगेको बताउँछन् ।
कलंकीदेखि महाराजगञ्जसम्म सडक विस्तार गर्ने योजना पनि अगाडि बढेको छ ।
उनले भने, बल्खुको खसीबजारदेखि कलंकीचोकसम्म र कलंकीदेखि बाफलतर्फ अन्डरपासको फिनिसिङ भइरहेको छ ।
। असारदेखि अन्डरपासबाट सवारी साधन गुड्नेछ ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook