काठमाडौंः असार १५ मानो रोपी मुरी फलाउने दिनको शुभारम्भ गर्ने अर्थात दही चिउरा खाने पर्वको रुपमा आजको दिनलाई लिइन्छ । मानिसहरु धानको विउ र कोदाली लिएर खेतमा देखिनुपर्नेमा काठमाडौंको सडकमै धान रोप्न लागेको अचम्मको दृश्य देखियो ।

यो व्यथा र व्याङ्ग हो काठमाडौको बौद्ध-जोरपाटी-दक्षिणढोका-थली-साँखु सडक खण्ड जहाँ सयौ मानिसहरु सडकमा धान रोप्न जम्मा भएका थिए र प्रतीकको रुपमा सडकमै धान रोपेका थिए ।

दैनिक हजारौको संख्यामा गुड्ने सवारी साधन र लाखौं जनता हिड्ने बाटो मर्मत सम्भारका लागि सडक चौडा बनाउने काम शुरु भएको करिव दुई बर्ष हुँदा समेत निर्माणको काम पुरा हुन नसक्दा स्थानीय आक्रोशित बन्दै यसरी सडक रोपाइमा सहभागिता जनाएका हुन् ।


खेतमा रोप्नुपर्ने धानलाई सडकमा रोप्नु पर्ने हाम्रो बाध्यता हो, लामो समय भो कति दिन सम्म यो शास्तीमा रमाउनुपर्ने राजधानीमा भएको यो हालत सरकारले टुलुटुलु हेरेर बसेको छ कसरी विकासको आशा गर्ने कस्तो समृद्धिको सपना देख्ने स्थानियहरुको गुनासो थियो ।

उक्त सडकमा रोपाई मात्र गरिएन व्यङ्गत्मक शैलिका कबिता वाचनको कार्यक्रम समेत आयोजना गरियो । कार्यक्रममा कबिता वाचन गर्नेले सडकको दुराअवस्था, सरकारको कमजोरी र जनताका दुःखलाई उतारेका थिए ।

यो सडकमा थोरै पानी पर्दा समेत हिलाम्य हुने यो सडकले दैनिक रुपमा सडक प्रयोग गर्ने मानिसहरु, व्यापार व्यवसायी तथा पर्यटकहरुले समेत सास्ती व्यहोर्नुपरेको छ । यसरी काठमाडौंको मुख्य स्थानको रुपमा रहेको यो ठाउँमा वर्षौसम्म पनि सडक पुन: निमार्ण हुन नसक्नुले कस्तो अर्थ राख्ला र के संदेश प्रदान गर्ला । जनता र संचारमाध्यमहरुले समय समयमा नघच्घचाएका पनि छैनन् तर सम्बन्धीत निकाय किन मौन छ  यो सडक निमार्णमा ? कहाँ छन यो सडक मर्मतका लागि ठेक्का पाएका ठेकदार ?