काठमाडौंः नेपाली सेनाको निमन्त्रणामा पाकिस्तानी सेना प्रमुख कमर जावेद बाजवा असार ५ देखि ७ गतेसम्म नेपाल भ्रमणमा आउने भएका छन्।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमण सकेर फर्के लगत्तै वैशाख ३१ गते नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री पाकिस्तान भ्रमण गएका थिए ।


सेहि भ्रमणका क्रममा क्षत्रीले पाकिस्तनी कमर जावेद बाजवालाई नेपाल भ्रमणको निम्तो दिएका थिए।

भ्रमणको क्रममा उनले प्रधानसेनापति क्षत्रीसहित राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्री लगायत उच्च सरकारी अधिकारीसँग भेट गर्ने बताइएको छ।