काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रबर्द्धन  र समृद्ध राष्ट्र निर्माणमा एक जुट हुन प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले जनभावनाको कदर गर्दै संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध हुनुपर्ने महत्वपूर्ण घडी आएको बताइन् ।

मन्त्रिपरिषदकाे सिफारिशमा राष्ट्रपति कार्यालयले साेमबार साँझ ढुंगेलसहित ८१६ कैदीकाे बाँकी कैद सजाय माफी मिनाहा गरेकाे छ।


गणतन्त्र दिवसको अवसरमा २७ ज्येष्ठ नागरिकसहित गृहले ८४० कैदी बन्दीको कैद सजाय मिनाह गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो। २४ जनाको अस्वीकृत भए पनि गणतन्त्र दिवसको अवसरमा बाँकी ८१६ जनाको कैद माफी मिनाहा हुने भएको छ।

सन्देशमा भनिएको छ, “मुलुकमा सुदृढ शान्ति कायम गर्ने, राजनीतिक स्थायित्व हासिल गर्ने र आर्थिक विकास गर्ने नेपाली जनताको उत्कृष्ट चाहनालाई साकार पार्ने अवसर प्राप्त भएको छ ।”