काठमाडौँः जुन १२ तारिख अर्थात् जेठ २९ गते विश्वभर बालश्रम विरुद्धको दिवस मनाइँदै छ । यस वर्षका वल्र्ड डे फर सेफ्टी एण्ड हेल्थ एट वर्क (सेफडे) र बालश्रमविरुद्धको दिवस (डब्लूडीएसीएल) ले संयुक्त रुपमा बाल श्रम उन्मूलन गर्ने र युवा श्रमिकका लागि सुरक्षित र स्वस्थकर वातावरण बनाउने अभियानको थालनी गर्ने बताएको छ ।

यो अभियानले दिगो विकास लक्ष्यमा उल्लेख गरिएका आउँदो सन् २०३० सम्ममा सबै कामदारका लागि सुरक्षित र स्वस्थकर वातावरण उपलब्ध गराउने र सन् २०२५ सम्ममा सबै प्रकारका बालश्रमको उन्मूलन गर्ने विश्वास गरिएको छ ।

हाल संसारभर १५ देखि २४ वर्ष उमेर समूहका ५४ करोड १० लाख कामदार रहेको अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को तथ्याङ्क छ ।


। यो विश्व श्रमिक शक्तिको झण्डै १५ प्रतिशत हो ।

यो उमेर समूहको झण्डै ४० प्रतिशत श्रमिक ब्यवसायजन्य जोखिममा पर्दै आएका छन् । विश्वमा १५ देखि १७ वर्ष उमेर समूहका श्रमिकको सङ्ख्या झण्डै तीन करोड ७० लाखभन्दा बढी छ ।