आँधीका कारण भारतमा ४१ को मृत्यु







नयाँदिल्लीः भारतीय राज्य उत्तर प्रदेश, पश्चिम बंगाल, आध्र प्रदेश र राष्ट्रिय राजधानी नयाँ दिल्लीसमेतमा गएरातिदेखि धुलोका कणसहितको आँधी बेहरी र वर्षाका कारण सोमबार बिहानसम्ममा कम्तीमा पनि ४१ जनाको मृत्यु भएको छ ।

यस आँधी बेहरी र वर्षामा परी उत्तर प्रदेशमा १८, पश्चिम बंगालमा १२ आन्ध्र प्रदेशमा नौजना र नयाँ दिल्लीमा दुईजना व्यक्तिको ज्यान गएको अधिकारीले जानकारी दिएका छन्। ती राज्यमा आँधीको प्रकोप आइतबार साँझबाट शुरु भएको थियो ।

राजधानी नयाँ दिल्लीमा धुलोसहितको आँधीबेहरीप्रति घण्टा १०९ किलोमिटरको दरले आएको मौसम विभागका विज्ञहरुले जानकारी दिएका छन्


यस आँधीका कारण नयाँ दिल्लीको इन्दिरागान्धी इन्टरनेशनल विमानस्थलबाट सोमबार उडान भर्नुपर्ने ७० उडान अवरुद्ध भएको छ भने कतिपय स्थानमा विद्युत्का लाइन अवरुद्ध भएका छन् ।




ताजा समाचार


विशेष समाचार