काठमाडौंः सरकारले असोज २६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

संघीय सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने भएको हो ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक छुट्टी दिने निर्णय गरेको हो ।

सरकारले विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रधानमन्त्री आउँदा सम्मानस्वरुप सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

चिनियाँ राष्ट्रपति सी शनिबार राजकीय भ्रमणका लागि नेपाल आउँदैछन् ।

 


प्रकाशित मितिः शुक्रबार, असोज २४, ०९:२०