काठमाडौंः पछिल्लो २४ घण्टामा विभिन्न नाका प्रयोग गरी ५ हजार १०२ वटा सवारी साधनबाट २१ हजार ९९८ जना यात्रु उपत्यकाबाट बाहिरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

यसैगरी, महाशाखाका अनुसार ४ हजार ५५६ वटा सवारी साधनबाट १६ हजार ९७२ जना यात्रु उपत्यका भित्रिएका छन् ।

जोरबिजोरको उल्लङ्घन गर्ने १ हजार २१ वटा सवारी साधनलाई आइतबार उपत्यकाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ८४९ वटा दुई पाङ्ग्रे र १७२ वटा ४ पाङ्ग्रे सवारी साधन रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल असोज २६ सोमबार, १०:४७