काठमाडौं: महानगरीय प्रहरी परिसर काठमाडौंले पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित ६ जनालाई इन्डियन प्रिमियर लिग (आइपिएल) सट्टेवाजीमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित कमलपोखरीस्थित सिटी सेन्टरका १२ डि सिनेमा हल चलाउदै आएका गौरव तिवारी, काभ्रे भुण्डु गाउँपालिकाका ३८ वर्षीय भुपेन्द्र शम्शेर कुँवर, नुवाकोट ककनीका २७ वर्षीय दिनेश वोगटी, भक्तपुर बोलाखुका ३१ वर्षीय नरेन्द्र सुवाल र भक्तपुर बोलाछैका २६ वर्षीय विजय श्रेष्ठ रहेका छन् ।
प्रहरी परिसरले समूहले आईपीएलमा जित हारलाई जुवाको रुपमा खेलाउने गरेको पाए पछि पक्राउ गरेको हो।
। सट्टेवाज समूहले ७ करोड चौध लाख भन्दा बढीको कारोबार गरेको प्रहरीले जनाएको छ। वेटिङको लागि गौरव तिवारीले लन्डनबाट खाता बनाएको र जित हारको रकम प्रत्येक सोमबार बाड्ने गरेका पाइएको छ।
वेटिङको पैसा स्रोहखुट्टे, ललितपुर र भक्तपुरका होटलमा बसेर बाड्ने गरेको प्रहरीले जनाएको छ। यस्तो जुवामा युवादेखि व्यवसायीले पैसा लगाउने गरेका थिए। कतिपयले भने यसैलाई व्यवसाय बनाउँदै आएको प्रहरीले जनाएको छ। वेटिङका मुख्य नाइके गुण्डा नाइके दावा लामामा भने फरार छन्।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook