काठमाडौंः भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) को उपाधिका लागि आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावाद नेपाली समय अनुसार आज वेलुका सवा ७ बजे म्बईको वानखडे स्टेडियममा भिड्दैछन् ।
यसअघि चेन्नईले दुई तथा हैदरावादले एक पटक उपाधि जितिसकेका छन् ।
जारी प्रतियोगिताको लिग चरणको अंक तालिकामा हैदरावाद पहिलो र चेन्नई दोस्रो नम्बरमा थियो । यी दुई टिमबीच भएको पहिलो क्वालिफायरमा चेन्नईले हैदरावादलाई दुई विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
चेन्नईसँग पराजित भएपछि हैदरावादले फाइनलमा स्थान बनाउनका लागि कोलकाता नाइटराइडर्ससँग प्रतिश्पर्धा गर्नु परेको थियो ।
।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook